शताब्दी पुरुष जोशीको पार्थिव शरीर श्रद्धाञ्जलि पछि अस्पतालमा राखिने


अस्पतालमा केहीबेर राखेपछि ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिएको छ । त्यसपछि अपराह्न चार बजे पुनः अस्पतालमा पुर्याइने छ ।

जोशीको पार्थिव शरीर नजलाउने र अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ ।
वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा श्रद्धाञ्जलिका लागि राखिएको हो । करिब १२ ३० बजेसम्म जोशीको पार्थिव शरीर अस्पताल परिसरमा राखिएको हो

उपचारका क्रममा केही दिनअघि अस्पतालमा भर्ना भएका शताब्दी पुरुष जोशीको आज बिहान एक सय तीन वर्षको उमेरमा निधन भएको हो । अस्पतालबाट आवश्यक प्रक्रिया पूरा गरी दिउँसो १२ः३० बजेपछि पुल्चोकस्थित ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा अपराह्न ४ बजेसम्म श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर राखिने प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

 

प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम छ । सर्वसाधारणले सोही स्थानमा श्रद्धाञ्जलि दिनुहुनेछ । उनी एक महान बांमय साहित्यकार हुन ।