राष्ट्रिय महिला भलिबलdf आर्मीलाई पराजित गर्दै एपिएफकाे सानदार जित


नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबलको आइतबार सम्पन्न पहिलो खेलमा एपिएफ विजयी भएको छ । लिग चरणको खेल अन्तर्गत आइतबार बेनीको खुल्ला मञ्चमा भएको प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरीको एपिएफलाई ३–१ को सेटमा पराजित गर्दै आर्मीले जित निकालेको हो ।

निकै प्रतिस्पर्धापूर्ण भएको खेलमा आर्मीले पहिलो सेट २५ –१९ ले जित हात पारेको थियो । त्यसपछिका तीन सेट लगातार एपिएफले जितेको थियो । एपिएफले आर्मीमाथि २५–१९,२५–२१,२५–२३ को जित निकालेको थियो । खेल अवलोकन गर्ने खुल्ला मञ्च दर्शकले भरिएको थियो । सेना र सशस्त्रले आ–आफ्ना खेलाडीको हौसलाका लागि हुटिङ गरेका थिए ।