कांग्रेसले पत्रकार सम्मेलन गर्ने


सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्न लागेको छ । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेसले जनाएको हो ।
पत्रकार सम्मेलनमा आगामी निर्वाचनका लागि घोषणा पत्रको बारेमा जानकारी गराइने बताइएको छ। साथै, आगामी निर्वाचनको रणनीतिका बारेमा पनि पत्रकार सम्मेलनमा जानकारी दिइने बताइएको छ। यतिबेला दलहरु घोषणा पत्र लेखनलाई अन्तिम रुप दिइ लागि रहेका छन् । केही समयमा सबै राजनीतिक दलहरुले चुनावी घोषणा पत्र जारी गर्ने तयारीमा रहेका छन् ।