प्रधाानमन्त्री देउवालाई एमाले अध्यक्ष ओलीको चुनौति


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एजेन्डामा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रतयक्ष रुपमा बहसमा आउन तयार रहेको भन्दै चुनौति दिनुभएको छ ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै धेरैले सामाजिक सञ्जालमा आफू र प्रधानमन्त्री देउवालाई लाइभ डिबेटमा आउन सुझाव दिएको उल्लेख गर्दै उहाँले त्यसका लागि आफू तयार रहेको बताउनुभएको हो ।

मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनका समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको उल्लेख गर्दै आफू त्यसका लागि तयार रहेको बताउनुभयो ।

‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’ मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ ।

म त यसका लागि तयार छु, देउवाजी नि …’ ओली यतिबेला गृह जिल्ला झापामा निर्वाचन प्रचारमा व्यक्त रहनुभएको छ ।