एमाले अध्यक्ष ओलीको जिल्ला झापामा गोली चल्यो


झापाको गौरादह नगरपालिकामा गोली चलेको छ । गोली लागेर एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

घटनाको केहिवेरपछि गोली हान्ने व्यक्तिले आफैंलाई पनि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, झापाका एसपी विश्वमणि पोखरेलले बताएका छन् ।

दुवैको विएण्डसी अस्पताल झापामा उपचार भइरहेको पोखरेलले बताएका छन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय, दमकको टोली पुगेको उनले जनाए । गोली एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगरमा साँझ चलेको हो । ओली आजै मात्र निर्वाचन प्रचारका लागी झापा पुगे पनि स्वास्थ्यमा समस्या आएपछि आराम गरेको समाचारहरुमा जनाइएको छ ।