तिहारको शुभसाइत सार्वजनिक


नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तिहार पर्वसँग सम्बन्धित शुभसाइतहरु सार्वजनिक गरेको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्साद ढुंगेलले बुधबार जारी गरेको सूचनामा कात्तिक ५ गते शनिबार यमदीपदान, धनत्रयोदशी परेको छ ।

यस्तै कात्तिक ६ गते आइतबार काकबली ९कागतिहार०, ७ गते सोमबार कुकुर तिहार, ८ गते मंगलबार गाइपुजा परेको छ । यस्तै कात्तिक ९ गते बुधबार गोवर्द्धनपुजा, बलिपुजा, हलितिहार, म्हपूजा, गोरुपूजा र नेपाल सम्बत ११४३ परेको छ भने १० गते बिहीबार भाइटीका परेको छ । भाइटीकाको उत्तम साइत ११ बजेर ३७ मिनेटमा रहेको समितिले जनाएको छ ।