गौशालाका अवैध संरचना हटाउन सूचना


पशुपति क्षेत्र विकास कोषले काठमाडौंस्थित गौशाला धर्मशाला आसपासमा मापदण्डविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।

कोषले शुक्रबार सार्वजनिक सूचना जारी गरी सम्झौता विपरीत संरचना बनेका संरचना ३५ दिनभित्र हटाउन ताकेता गरेको हो । धर्मशाला लामो समय देखि मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएको छ ।
काठमाडौं महानगरपालिको अबैध संरचना हटाउने अभियान अन्तर्गत कोषले समेत आफ्नो क्षेत्रमा बनेका यस्ता संरचना हटाउन थालेको हो ।