रेमिट्यान्स दुई महिनामा १ खर्ब ८७ अर्ब भित्रियो


अघिल्लो वर्षको तुलनामा यस वर्ष विदेशी मुद्रा आप्रवाह ९रेमिट्यान्स० झण्डै २० प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा रेमिट्यान्स १९।८ प्रतिशतले बढ्दै १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ पुगेको हो ।

 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५।८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११।३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५।३ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति ९संस्थागत तथा व्यक्तिगत–नयाँ० लिने नेपालीको संख्या १६९।९ प्रतिशतले वृद्धि भई १,०३,८९८ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०।६ प्रतिशतले वृद्धि भई ३९,१८९ पुगेको बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९।५ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १९।५ प्रतिशतले वृद्धि भई रु।२ खर्ब ६ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६।० प्रतिशतले घटेको थियो ।