काठमाण्डौको न्यूनतम तापक्रम एक डिग्री सेल्सियसले घट्यो


काठमाडौं कार्तिक ०६ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । दिउँसो प्रदेश-१ लगायत देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा नै रहने मौसमविद् सजिना शाक्य बताउनुभयो । प्रदेश-१ का एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको पनि उहाँले बताउनुभयो । अबको केही दिनको मौसम घमाइलो हुने मौसमविद्ले बताएका छन् ।

यस्तै, आज काठमाण्डौको न्यूनतम तापक्रम एक डिग्री सेल्सियसले घटेको छ । हिजो १२ दशमलव ५ डिग्री सेल्सियस रहेको काठमाण्डौको न्यूनतम तापक्रम आज ११ दशमलव २ डिग्री सेल्सियसमा झरेको छ । बिहानको न्यूनतम तापक्रम घटे पनि अहिले घाम लागेकाले न्यानो हुन थालेको छ ।