निर्वाचन प्रचारसंगै सरसफाईमा स्वतन्त्र उम्मेदवार


रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदववार तथा स्थानीय नेता कार्यकर्ताहरुले शहर बजारको सरसफाईमा जुटेका छन् । कटहरिया नगरपालिकामा दिपावली तथा छटको अवसरमा रौतहट क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य तर्फका स्वतन्त्र उम्मेदवार विकासप्रेमी युवा नेता प्रभु साह हरेक वर्ष झै यस वर्ष पनि शुभ दीपावली को अवसरमा आज प्रतीनिधि साभाको स्वतनत्र उमेदवार पुर्व मन्त्री, मधेश प्रदेश सभाका सदस्य उमेदवार कुन्दन कुशवाहा, केशव चौधरी, शिवचन्द्र कुशुहवा लगायतका नेता कार्यकर्ताले कटहरिया बजारको बलिरामपुरमा सरसफाई गरेका हुन ।

प्रभु साहको सडक बढाऔं सडक बचाऔं भन्ने मुख्य नाराका साथ यस क्षेत्रमा साथ आसपासको निर्वाचन क्षेत्रमा चमत्कारी रुपमा सडक विस्तार तथा विकास गरेका छन् । यी नै गाँउ शहरका सडकलाई चार्डपर्व नजिकिएसंगै सफा गर्नेअभियानमा स्थानीयको नेतृत्व गर्दै आफै जुटेका हुन ।