महानायक राजेश हमाल इन्द्रेणीको देउसी भैलोमा


नेपाली चलचित्रका महानायक राजेश हमालसहित इन्द्रेणी कार्यक्रमले आफ्नो प्रस्तुती गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर १३ नैकाप कंकालीमा देउसी भैलो प्रस्तुत गरेको हो । दिपावली नेपाल सम्वत् ११४३ तथा छठको अवसरमा आयोजित शुुभकामना आदानप्रदान तथा सांस्कृति कार्यक्रमा हालमसहित कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेललगायतले प्रस्तुती राखेका हुन ।

कंकाली माई मन्दिर संरक्षण समिति परिवारले आयोजना गरेको कार्यक्रममा इन्द्रेणीका सातै आडलहरुकाले आफ्नो कला देखाएका हुन । कार्यक्रममा मनमाया वाइवा र युवराज चौलागाईले दोहोरी गित प्रस्तुत गर्दा राजेश हमाल दर्शक संगै नाचेका हुन ।

कार्यक्रममा छत्र शाही, भूमिका वयक, कृष्णा बजगाई, श्रीराम अधिकारी, सर्मिला श्रेष्ठलगायतले प्रस्तुत दिएका हुुन । कंकाली मन्दिरमा भएको देउसी भैलो कार्यक्रममा हजारै जनाको सहभागिता भएको हो । कार्यक्रम कंकाली गुठीयार परिवारले संयोजन गरेको हो । कार्यक्रममा इन्द्रेणीका सल्लहाकार तथा राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका पुर्व अध्यक्ष दुर्गा रायमाझी समेत सहभागी भएका हुन ।

कार्यक्रममा स्थानीय समाजसेवी स्वदेश तथा विदेशमा बसोवास गरी इन्द्रेणी र कला क्षेत्रलाई माया गर्ने सुुभेच्छुकहरुको सहभागीता रहेको थियो । या क्षेत्रबाट राजधानीको शहर प्रष्ट रुपमा देख्न सकिन्छ । एक दर्शक यता यस क्षेत्र आन्तरिक पर्यटकको लागि निकै आर्कषक बन्दै गएको छ ।