बालाजुको उद्योगमा भीषण आगलागी


काठमाडौंको बालाजुमा भीषण आगलागी भएको छ । बालाजुस्थित लोलाङ हाइटमा एक जुत्ता कारखानामा आगो लागेको प्रहरीले जनाएको हो ।

 

आगो निभाउन सैनिक, प्रहरी र सशस्त्र प्रहरीको टोली दमकलसहित परिचालित भएका छन् । घटनास्थलमा ४ दमकल र आधा दर्जन पानी ट्यांकर पुगेका छन् । आगलागीको कारण भने खुलेको छैन ।