काठमाण्डौको लोलाङ हाइटमा लागेको आगोबाट जुत्ता कारखाना, रेस्टुरेन्ट र वर्कसपमा क्षति


काठमाडौं कार्तिक ०८ । काठमाण्डौको लोलाङ हाइटमा लागेको आगोबाट जुत्ता कारखाना, रेस्टुरेन्ट र वर्कसपमा क्षति पुगेको छ । काठमाण्डौको तारकेश्वर नगरपालिका वडा नम्बर–४ लोलाङ हाइटमा हिजो बेलुका भएको आगलागीबाट जुत्ता कारखानासहित जुत्ताको सोरुम, एउटा रेस्टुरेन्ट र मोटरसाइकल वर्कशपमा क्षति भएको हो ।

हिजो बेलुका लक्ष्मी पूजा गरेको केही बेरमै जुत्ता कारखानामा आगलागी भएको बालाजु प्रहरी वृत्तले जनाएको छ । स्थानीय बासिन्दा, प्रहरी र दुई वटा दमकलको सहयोगमा आगो हिजो नै निभाइएको थियो । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भैरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ ।