एमाले अध्यक्ष ओली इन्द्रेणीको देउसीमा (फोटो फिचर)


इन्द्रेणी सांस्कृतिक विकास केन्द्रको देउसी भैलो कार्यक्रम एमाले अध्यक्ष केपी शर्मा ओलीको घरमा प्रस्तुत गरिएको छ । अध्यक्ष ओलीको निवास बालकोट झक्तपुर निवासमा इन्द्रेणी समूूहसंग देउसी भैलो भएको भएको हो ।

देउसीमा ओलीले इन्द्रेणीका बाध्यबाधक कृष्ण गन्र्धवसंग आफ्नो सारंगीसहित संगीतमा प्रस्तुत भएका हुन । कार्यक्रमकै क्रममा ओलीले कार्यक्रम सञ्चालक तथा कृष्ण कडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलसहित कैशीमो फोटो सेसन गरेका हुन ।

उनले इन्द्रेणीका बालकलाकारहरुसंग निकै रोचकसंग फोटो खिचाएका हुन । कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले लोक सांस्कृतिकको क्षेत्रमा इन्द्रेणीले पुराएको योगदानको उच्च प्रशंसा गरेका हुन । इन्द्रेणीले विभिन्न क्षेत्र, वर्ग, समुदाय, जातजाति र मौलिक लोक भाकालाई जीवन्त पार्ने काममा निकै महत्वका साथ काम गरेको भन्दै अझै प्रभावकारी रुपमा यसरीको सांगितिक क्षेत्रबाट समाज सेवामा लाग्न सहयोग मिल्दै जाओस भनि शुभकामना व्यक्त गरेका हुन ।

इन्द्रेणीको विभिन्न समुदाय, समाज, टोल र व्यक्तिहरुको घरआगनमा पुुगी सेवा सन्देश र मनोरञ्जन दिने कार्य जारी रहेको छ । इन्द्रेणीको तिहार विशेष देउसी भैलो कार्यक्रम युुटुव च्यानल इन्द्रेणी डटकम, इन्द्रेणी समाज डटकम र समाचार पोटल इन्द्रेणी डटकम र इन्द्रेणी समाज डट कममा समेत पढन र हेर्न सकिन्ने छ ।