इन्द्रेणीले सांस्कृतिक संस्कार र विचारको अभियान बोकेको छ : प्रचण्ड (भिडियोसहित)


काठमाडौं कार्तिक ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले इन्द्रेणी परिवारले चलाएको सांस्कृतिक अभियान स्वदेश तथा विदेशमा बलियोसंग स्थापित भएको बताएका छन् । नेपाल सम्वत, दिपावली तथा छठको अवसरमा इन्द्रेणी सांस्कृतिक विकास केन्द्रको देउसी भैलो कार्यक्रममा शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रचण्डले सांस्कृतिक अभियानको विश्वभरी प्रशंसा र चर्चा हुने गरेको बताएका हुन ।

कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनका अध्यक्ष तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कंडेलको नेतृत्वम सञ्चालित सांस्कृतिक अभियान मार्फत समाज सेवाको अध्यक्ष प्रचण्डले मुक्तकण्ठले प्रंशसा गरेका हुन ।१३ वर्ष देखि सांस्कृतिक संस्कार र एउटा विचार दिने प्रयास स्वरुप सञ्चालित यो अभियानको अझै निरन्तरताको कामना गर्दै परिवारमा समस्या हुदां हुर्दै पनि पहिलो देउसी भैलोको रुपमा इन्द्रेणी टीम आफु कहाँ देउसी भैलो प्रस्तुत गर्न आएकोमा थप िखुशी व्यक्त गरेका छन् । प्रचण्डकी श्रीमती सिता दाहाल केही दिन देखि अस्पतालको बसाई पछि घर आएकी थिइन ।

अध्यक्ष प्रचण्डले मुलुकमा केही जटिलता र सहजत दुवै भएको बताएका हुन । उनले नेपाली समाजमा राम्रो काम गर्नेलाई सहन नसक्ने, देख्नै नसक्नु साथै घेराबन्दी गर्ने प्रवृति बढेकोको चिन्ता व्यक्त गरेका छन् । उनले सत्य भएपनि राम्रो गर्नेलाई साथ नदिने समाज त्यकिकै भएपनि सकरात्मक रुपमा दिने समाजपनि भएको बताए । प्रचण्डले जनआन्दोलन र जनयुद्धलाई सहयोग गर्ने धेरै समुदाय र नागरिक रहेको भन्दै आन्दोलनबाटै परिवर्तन स्थापित भएको सत्यलाई कसैले विर्सन नहुने बताए ।

सबै वर्ग, लिङंग समुदाय र क्षेत्रले गणतन्त्र र लोकतन्त्र मार्फत अधिकार स्थापित गरेको भन्दै नेपाली जनता परिवर्तनको पक्षमा लाग्न आग्रह समेत गरेका छन् । प्रचण्डले राष्ट्रलाई एकतावद्ध गर्दै लैजाने अभियान सुरुबात गरेको भन्दै राजनीतिक परिवर्तनसंगै सुशासन कायम गरि विकासलाई गति दिनुपर्ने बताएका छन् । अबका बाँकी जीवन सुशासन समृद्धि र विकासमा लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आफु मुलुका निर्मणको उद्देश्यमा लागि पर्ने भन्दै जसले जे भने पनि मुलुक, राष्ट्र र नेपालीको हितमा निरन्तर लागी पर्ने बताएका छन् ।