नेपाली काँग्रेसले आज घोषणापत्र सार्वजनिक गर्दै


काठमाडौं कार्तिक १२ । नेपाली कांग्रेसले आज आफ्नो घोषणापत्र सार्वनजिक गर्दैछ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काँग्रेसले सङ्कल्प पत्र सार्वजनिक गर्ने भएको हो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।