रौतहटको मौलापुरमा कृषि तथा पशु अस्पताल सुरु


मधेश प्रदेशको रौतहट जिल्लाको मौलापुर नगरपालिकामा कृषि तथा पशु अस्पतालको सेवा सुरु भएको छ । स्थानीय कृषकहरुको सेवाका लागि मौलापुर नगरपालिकाले कृषि तथा पशु अस्पताल सुरु गरेको हो ।

यस क्षेत्रका अधिकास मानिसहरु परम्परागतका साथै आधिुनिक कृषि प्रणालीमा समेत लागी रहेको अवस्थामा कृषकलाई स्थानीय स्तरमै थप सेवा दिनका लागि अस्पताल सुरु गरिएको मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले बताउँनुभयो ।

स्थानीय तहमा सुविधासम्पन्न अस्पताल सुरु भएसंगै किसानमा थप हौसला प्रदान भई आवश्यक परार्मश पाउनुका साथै व्यवसाकिय बन्न सहयोग पुग्ने मेयर साहको विश्वास छ । यस क्षेत्रमा ग्रामीण क्षेत्रका नागरिकलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सिंचाईका लागि खेतखेतमा बोरिङ, आधुनिक कृषि औजार र प्रविधिको विकास, प्रविधिक शिक्षालयहरु सञ्चालन भएका छन् ।