राष्ट्रपति भण्डारी मुक्तिनाथ मन्दिरमा


राष्ट्रपति विद्यादेवी भण्डारीले मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शन गर्नुभएको छ । शुक्रवार बिहान मन्दिर परिसरमा निर्माण भएको बुद्धको मूर्तिको अनावरण गर्न मुक्तिनाथ क्षेत्र पुग्नुभएको हो । उहाँले हिन्दु र बौद्ध धर्मको आस्थाको केन्द्र मन्दिरको दर्शन गर्नुभएको हो ।
मन्दिरको दर्शनसँगै उहाँले निर्माण सम्पन्न भएको ३५ फिट अग्लो बुद्धको मूर्ति अनावरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर क्षेत्रमा निर्माण गरिने ३५ फिट उचाइको भगवान विष्णुको मूर्तिको आज नै शिलान्यास गर्ने कार्यक्रम तय भएको छ ।