प्रचण्ड पत्नी सीता दाहाल फेरि आईसीयूमा


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई फेरि अस्पताल भर्ना गरिएको छ। केही दिनअघि मात्र डिस्चार्ज भएकी उनलाई स्वास्थ्य समस्या दोहोरिएपछि पुनः ललितपुरको मेडिसिटी अस्पताल लगिएको हो।

उनलाई आईसीयूमा राखेर उपचार भइरहेको छ। उनको श्वासप्रश्वासमा समस्या देखिएको छ। सास फेर्न गाह्रो भएपछि उनलाई तत्काल अस्पताल पुर्‍याइएको हो ।

सीता माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार समेत हुन्। सीता लामो समयदेखि पार्किन्सन जस्तै लक्षण भएको प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी पीएसपी रोगबाट पीडित छन्।

मधुमेह र उच्च रक्तचापबाट समेत पीडित सीता छोरा प्रकाश दाहालको निधनपछि कमजोर भएकी हुन्। दाहालकी छोरीको समेत निधन भैसकेको छ ।