जसपाका उम्मेदवार कांग्रेसमा, देउवालाई समर्थन


डडेलधुरामा जनता समाजवादी पार्टी जसपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका श्याम सिनालले उम्मेदवारी निष्क्रिय बनाउने भएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएर वाम लोकतान्त्रिक गठबन्धनलाई समर्थन गर्ने जनाएका हुन् ।

सिनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा जसपा डडेल्धुराबाट प्रतिनिधि सभा प्रत्यक्ष तर्फको आफ्नो उम्मेदवारीलाई पूर्ण रुपमा निष्क्रिय गर्दै वाम लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सभा उम्मेदवार शेरबहादुर देउवा र प्रदेश सभा (क) प्रत्यक्ष तर्फ उम्मेदवार खगराज भट्ट तथा प्रदेश सभा (ख) का उम्मेदवार गोविन्दराज बोहरालाई पूर्ण रुपमा समर्थन गरि सहयोग गर्दछु ।

पछिल्लो समय प्रधानमन्त्री देउवा गृह जिल्लामा आयोजित विभिन्न चुनावी सभाहरुमा व्यस्त छन् ।