इन्द्रेणी टिम मनाङमा (फोटो फिचर)


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनको टिम हिमाल पारीको जिल्ला मनाङमा छायाङकन गरेको छ । सेवा, सन्देश र मनोरञ्जनका साथ सञ्चालित इन्द्रेणी कार्याक्रम छायाङकनको क्रममा टोली तीन देखि मनाङमै रहेको छ । फाउण्डेशनका अध्यक्ष तथा कार्यक्रम सञ्चालक कृष्ण कंडेलको नेतृत्वमा मनाङका विभिन्न सामाजिक, आर्थिक, पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरुको लम्जुुङ हुर्दै छायाङकन गरेर मनाङ पुुगेको हो । मनाङका प्रमुख पर्यटकिय गन्तव्यहरु तिलिचो ताल, चामे बजारलगाएतका स्थनबाट सांस्कृतिक रुपमा कार्यक्रम तयार पारिएको हो । मनाङ जिल्लामा चामे गाउँपालिका, नार्फु गाउँपालिका, नाशोङ गाउँपालिका र र नेस्याङ गाउँपालिका रहेका छन् ।
मनाङ नेपालको गण्डकी प्रदेशमा रहेको हिमालपारीको सुन्दर जिल्ला हो। नेपाल सरकारको मापदण्ड अनुसार अति दुर्गम जिल्ला अर्थात् ूकू वर्गको जिल्लाको रूपमा मनाङ रहेको छ ।
कुल क्षेत्रफल २,२४६ वर्ग कि.मी. ओगटेको यस जिल्लाको सिमाना पूर्वमा गोरखा र लमजुङ, पश्चिममा मुस्ताङ र म्याग्दी, दक्षिणमा कास्की र लमजुङ तथा उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ। जिल्लाको भौगोलिक सुन्दरताको वयान गर्दा अति नै लोभ लाग्दा दृश्यहरू, अग्ला भिराला पहाडहरू र उच्च हिमश्रृखलाहरू जस्ता विषेशताहरू भएको यस जिल्लामा पूर्वमा मनास्लु, पश्चिममा दामोदर, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल पर्दछन् भने उत्तरमा तिब्बतको पेरी र चीन हिमाल पर्दछन्। मनाङ जिल्ला थुप्रै स्वदेशी तथा विदेशी पर्यटकरपदयात्रीको गन्तव्य मार्ग, बहुमुल्य जडिबुटी, वन सम्पदा, अपार जलस्रोतको धनी, विश्वको सबभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल तथा कुण्डहरूको बेजोड संगम भएको जिल्ला हो। इन्द्रेणीले यीनै प्रसिद्ध स्थलहरुको गीत संगीतकोमाध्यम मार्फत विश्वभर प्रचार गरी बाह्य तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुुगोस भनेर यहाँका स्थलहरु रोजाईमा पारेको अध्यक्ष कंडेलले जनाएका छन् ।
राष्ट्रिय जनगणना २०६८ अनुसार मनाङ जिल्लाको कूल जनसङ्ख्या ६,५३८ जना रहेको यहाँ एक संसदीय निर्वाचन क्षेत्र छ । अधिकाश गुरुङ समुदायको बसोबास रहेको यहाँ जडिबुटीको समेत निकै सम्भावना भएको क्षेत्रमा पर्दछ ।
जिल्लाको सबैभन्दा ठूलो गाउँ मनाङबाट नै जिल्लाको नामाकरण भएको पाइन्छ। मनाङ् शब्द तिब्बती भाषाको ूम्हनाङ्ू शब्दबाट अपभ्रंश भएर आएको मानिन्छ। तिब्वती भाषामा ूम्हूको अर्थ सहायता र ूनाङूको अर्थ देउ भन्ने हुन्छ। बिकट भौगोलिक परीवेशमा रहेको र वाह्य साहयता बिना जनजीवन अतीकष्टकर रहेको भन्ने अर्थमा बुझ्नु पर्ने हुन्छ।
सन १७८१मा रणबहादुर शाहको शासनकालमा नेपाल राज्यमा एकिकरण हुनु भन्दा आगाडी यो जिल्ला लमजुड राज्य कै एक अङ्गको रूपमा रहेको थियो। पछि यस जिल्लालाई पश्चिम ३ नं. गोश्वारा अन्तर्गत पोखरा स्थित बडाहाकिम मार्फत राखि प्रशासन सञ्चालन गरियो। वि.सं. २०१८ सालमा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा बिभाजन गर्दा गण्डकी अञ्चल अन्तर्गत एउटा छुट्टै जिल्लाको रूपमा स्थापित भएको हो।
यहाँ छायाङकन गरेका सम्र्पुण श्रव्य दृश्य सामग्रीहरु इन्द्रेणी युटुव च्यानलबाट हेर्न सकिन्छ ।-यमन पौड्याल\दिपक घिमिरे