पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका भाषण प्रसारणमा रोक


पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरुमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ ।

पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण प्रसारण गर्न रोक लगाएको हो ।इमरान खानले आपत्तीजनक र कानुन विपरीतका अभिव्यक्ति दिएको भन्दै पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी ९पेमरा०ले भनेको छ, ‘टेलिभिजन च्यानलहरुले पूर्वप्रधानमन्त्री इमरान खानको कुनै पनि भाषण र पत्रकार सम्मेलन प्रसारण गर्ने छैनन् ।’ यो निर्देशन उल्लंघन गर्ने च्यानलहरुको लाइसेन्स रद्द गरिदिने चेतावनीसमेत उसले दिएको छ ।