इन्द्रेणी कार्यक्रम मनाङको तिलिचो तालबाट छायाङकन (फोटो फिचर)


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनको टिम हिमाल पारीको जिल्ला मनाङको तिलीचो तालबाट छायाङकन भएको छ । सेवा, सन्देश र मनोरञ्जनका साथ सञ्चालित इन्द्रेणी कार्याक्रम छायाङकनको क्रममा तोलिचो ताल पुगेको हो । फाउण्डेशनका अध्यक्ष तथा कार्यक्रम सञ्चालक कृष्ण कंडेलको नेतृत्वमा मनाङका विभिन्न सामाजिक, आर्थिक, पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरुको लम्जुुङ हुर्दै छायाङकन गरेर मनाङ पुुगेको हो ।

मनाङका प्रमुख पर्यटकिय गन्तव्यहरु तिलिचो ताल, चामे बजारलगाएतका स्थनबाट सांस्कृतिक रुपमा कार्यक्रम तयार पारिएको हो । मनाङ जिल्लामा चामे गाउँपालिका, नार्फु गाउँपालिका, नाशोङ गाउँपालिका र र नेस्याङ गाउँपालिका रहेका छन् ।
मनाङ नेपालको गण्डकी प्रदेशमा रहेको हिमालपारीको सुन्दर जिल्ला हो। नेपाल सरकारको मापदण्ड अनुसार अति दुर्गम जिल्लामा पर्दछ । यहां घुम्न र हिउँमा पैदल यात्रा गर्न स्वदेश तथा विदेशबाट मानिसहरु आउने गर्दछन् । मनाङ हुर्दै मुस्ताङको मुक्तिनाथ भएर जोम्सोम मार्फा, म्याग्दीको घोरेपानी हुदै कास्कीको नयाँपुल भर पर्यटकहरु पोखरा पुग्ने गर्दछन् । -यमन पौड्याल\दिपक घिमिरे\नविन सिग्देल