सगरमाथा क्षेत्रमा अमेरिकी महिला पत्रकारले हिउँ चितुवा भेटिन


अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले सगरमाथा क्षेत्रको खुम्बु क्षेत्रमा खिचेको हिउँ चितुवाको तस्विर कैद गरेकी छन् । उनले आफ्नो वेव साइट तथा फेसबुक पेजमा ५ हजार ४ सय ८६ मिटर उचार्इमा हिउँ चितुवाको तस्बिर कैद गरेको जनाएकी छन् । उनले आफ्नो वेभसाइटमा उल्लेख गरिए अनुसार हिउँ चितुवा विभिन्न मोडमा रहेका तस्विरहरु कैद गरेकी छन् ।

फोटोग्राफर किटी वन तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्ने गरेकी छन् । उनी नेपालका विभिन्न हिमाली क्षेत्र तथा पर्यटकीय स्थलहरुमा समेत पुगेको देखिन्छ ।

फोटोग्राफर किटी पवलोस्कीले कैद गरेका हिमाली चितुवाका फोटाहरु