प्रचण्ड जुम्ला पुगेर संविधानको रक्षाका लागि गठबन्धनलाई मतदान गर्न आग्रह


नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधानको रक्षाका लागि सत्ता गठबन्धन बनेको बताएका छन् । मंगलबार जुम्लामा आयोजित सत्ता गठबन्धनको कार्यक्रममा बोल्दै प्रचण्डले देश विकास र आर्थिक क्रान्ति गर्न विगतमा बाम गठबन्धन गरेर नेकपा बनाइएपनि केपी ओलीको रवैयाका कारण संविधाननै संकटमा परेको बताए ।

‘७० वर्ष लडेर ठुलो त्याग र बलिदानबाट ल्याएको संविधान कम्युनिष्ट पार्टीकै नेताका नामबाट च्यात्ने दुस्साहस गरियो’, प्रचण्डले भने, ‘प्रधानमन्त्रीको कुर्सीबाटै गरियो । संविधान मिचेर लोकतन्त्रका मूल्य मान्यतालाई ध्वष्त पार्न खोजियो । त्यसका विरुद्ध संघर्ष गर्नुपर्ने आवश्यकता आयो । त्यही क्रममा वर्तमान गठबन्धन बनेको हो ।’ प्रचण्डले वर्तमान सत्ता गठबन्धनले बहुमतको सरकार बनाउनेमा कुनै दुई मत नरहेको बताए ।

कार्यक्रममा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले संविधान, लोकतन्त्र र गणतन्त्र मास्न कुचेष्टा गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई जनतासामु गएर भोट माग्न राजनीतिक इमानदारिता नरहेको बताए । कार्यक्रममा प्रचण्ड र खड्कासहितका नेताहरूले गठबन्धनको पक्षमा भोट हाल्न आग्रह गरेका थिए
वाम–लोकतान्त्रिम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई भेटेदेखि नै जयनेपाल भन्न सुरू गरेको बताएका हुन्।

‘गिरिजाप्रसाद कोइरालाले एकतर्फ लालसलाम भन्नु भएको थियो। अर्कोतर्फ मैले गिरजाप्रसाद कोइरालालाई जय नेपाल भनेको थिएँ। त्यहीबाँट सुरू भएको थियो लालसलाम र जयनेपालको मित्रताु, उनले भने, ुअनि जतिबेला हामीले हस्ताअक्षर गरौँ, विस्तृत शान्ति सम्झौतामा, त्यसको अर्थ के थियो भने गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाउनु भएको थियो। मैले माओवादी अध्यक्षको हैसियतले कांग्रेसको रुख चिह्नमा छाप लगाएको थिएँ। नेपालमा एक युगान्तकारी परिर्वतन सम्भव भएको थियो।’

प्रचण्डले चुनावी सम्बोधन गर्दा सुरुमै जुम्लाका नेता–कर्यकर्तालाई आफूले जय नेपाल भन्दै आएकोबारे स्पष्ट पारे। उनले कार्यक्रममा सहभागी पाँच दल गठबन्धनका सबै नेताहरुलाई ऐतिहासिक सन्दर्भलाई सबैले विचार गर्न र यदि विस्तृत शान्ति सम्झौतामार्फत, संविधानसभामार्फत संघीय लोकतान्त्रीक गणतन्त्र र शान्तिको युगको सुरुवात भएको कुरा महान् भएको ठान्नु पर्ने बताए।

 

प्रचण्डले कुनै पनि दलले रुख, हँसिया हथौडा र कलममा मत हाल्न कुनै द्विविधा राख्न नहुने बताए। उनले दृढताका साथ अगाडि बढ्न एकजुट हुन जुम्लामा गठबन्धन दलका तथा नेता–कार्यकर्तालाई आग्रह गरे।

दाहालले संविधान सभाबाट संविधान घोषणा भएपछि सबै उत्पीडित, वर्ग, जाती, क्षेत्र, समुदायले पनि समावेशी समानुपातिक मान्यतासहितको अधिकार प्राप्त गरेका बताए।

उनले २०७४ मा आफ्नै प्रस्तावमा वाम गठबन्धन बनाए पनि टिकाउन नसकिएको पनि बताएका छन्।

‘त्यतिबेला देशलाई आर्थिक र विकासका रुपमा अगाडि बढाउन सकिन्छ कि भनेर वाम गठबन्धन गर्न आफैले प्रस्ता राखेको थिएँ। झण्डै दुईतिहाइको सरकार हामीले बनायौँु, उनले भने, ुत्यो पार्टी तीन वर्षपनि चल्न सकेन। ७० वर्ष लडेर नेपाली जनताले बनाएको संविधानलाई नै च्याप्ने दुस्साहस कम्युनिष्ट पार्टीको नेताबाट नै भयो।’

प्रचण्डले त्यस्तो कदमविरुद्ध संघर्ष गर्नु पर्ने आवश्यकता भएकोले यो गठबन्धन बनेको बताए। उनले मंसिर ४ गते हुने निर्वाचनमा दुईवटा विचार, दुईवटा प्रविधि, दुईवटा संस्कृति र दुईवटा गठबन्धन आमनेसामने भएका तर्क गरे।