इन्द्रेणी कार्यक्रम मार्फत आर्थिक सहयोग हस्तान्तरण


कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशन मार्फत विभिन्न प्रकारका बिरामीहरुलाई आर्थिक सहयोग हस्तान्तरण भएको छ । स्वदेश तथा विदेशमा रहेका सहयोगी मनहरुबाट प्राप्त रकमबाट फाउण्डेशनले पिडितहरुलाई सहयोग रकम हस्तान्तरण गरेको हो । उपचार गर्न आर्थिक अभावका कारण जोखिममा परेका व्यक्ति, सडक मानव, मृगौलामा समस्या, क्यान्सर पिडित, मुटुरोगी प्रकृतिक प्रकोपमा परि घरबार विहिन भएकाहरुलगाएत बिभिन्न समस्याहरु भोगिरहेको पिडितहरुलाई फाउण्डेशनले आर्थिक सहयोग गर्दै आईरहेको छ ।

फाउण्डेशनका अध्यक्ष कृष्ण कंडेलले इन्द्रेणी कार्यक्रम मार्फत विभिन्न सेवा, सन्देश र मनोरञ्जनका साथमा पीडितहरुलाई सहयोग गर्ने अभियानलाई ढेड दर्शक देखि निरन्तरता दिएका छन् । हुनेले दिने र नहुनेले लिने मान्यता अनुरुप फाउण्डेशन मार्फत मुलुकका विभिन्न स्थानमा कार्यक्रम सांगितिक कार्यक्रम पुस्तुत गरि सहयोग आदान प्रदान हुदै आएको छ ।

त्यसै गरी विदेशमा विभिन्न पेसा व्यवसाय तथा बसोबास गर्ने समुदायका मानिसहरुले नेपालमा समस्यामा परेका व्यक्ति, समुदाय, गौशालालगायतका क्षेत्रमा फाउण्डेशन मार्फतले निरन्तर रुपमा सहयोग गर्दै आएको हो । इन्द्रेणी कार्यक्रममा प्रशारण भएको विभिन्न दुःखी पीडित तथा असहायहरुको सहयोगका लागि विभिन्न महानुभावहरुले स्वयमको नाम पठाएको रकम समेत फाउण्डेशनले हस्तान्तरण गरेको हो ।दोहोरी युटुव च्यानल इन्द्रेणी डटकमबाट हेर्ने र सुन्न सकिन्छ । इन्द्रेणी मार्फत जस्ताको तस्तै सम्बन्धित व्यक्ति तथा संस्थालाई स्टुडियो कार्यक्रममा हस्तान्तरण गरेको सहयोग रकम यसप्रकार छ ।

हस्तान्तरण भएको रकमको विवरण
सोनाम गुरुङ मृगौला फेल २५,०००। लम्जुङ
मनबहादुर चर्मकार मृगौला फेल २५,०००। लम्जुङ
लक्ष्मी देवकोटा मानसिक रोगी २०,०००। सिन्धुली
सफल कार्की व्रेनमा समस्या १५,०००।
तिर्थ घिमिरे उपचारको लागि ४०,०००।
गुण श्रेष्ठ फोक्सोमा समस्या २०,०००। तनहुँ
मंगल बहादुर थामी मृगौला फेल २५,०००। काभ्रे धुलिखेल
नमता कुमारी सिंह मृगौला फेल २०,०००। विरगञ्ज पर्सा
रामकाजी पौडेल व्रेन ट्युमर २०,०००। धादिङ