निर्वाचनमा व्यस्त ४० वर्ष नकाटेकी मानुषी यमी भट्टराई


युवा नेतृ मानुषी यमी भट्टराई सत्ता गठबन्धनका तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन । उनी भोट माग्न शहर देखि ग्रामिण क्षेत्रसम्म निकै मेहनतका साथ लागेकी छन् । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईकी छोरी भनेर धेरैले चिन्ने र सोही रूपमा पहिचान तछ नै । तर पनि उनी विद्यार्थी कालदेखिनै युवा पुस्तामा निकै चिनिएकी पात्र हुन ।

बुवा आमाको नाम बाट भन्दा पनि आफ्नै कामबाट परिचित हुने उनको ध्यये छ । सत्ता गठबन्धनमा रहेका दलको सबै मत आफूलाई आउने र निर्वाचित हुने उनको आशा छ । आफ्नो उम्मेदवारी प्रति घर दैलेको क्रममा मतदाता निकै उत्साही भएको उनको अनुभव छ । मतदाताका जिज्ञासा र सुझाव सुन्दा दल–विशेषको भन्दा सबैका साझा मुद्दा उठाएकोमा मतदाता उनी प्रति निकै आशावादी छन् ।

 

नयाँ राजनीतिक संस्कार स्थापित गर्न उनी आफ्नो निर्वाचन क्षेत्रमा विहानदेखि बेलुकासम्म औपचाारिक तथा अनौपचाारिक काार्यक्रमहरुमा निकै व्यस्त छन् । मतदाता र जनप्रतिनिधिका बीचको दूरी तोड्ने उनको मुख्य संकल्प रहेको बताएकी छन् ।
जनप्रतिनिधि मतदाताको बीचमा नियमित रूपमा जाने वातावरण बनाउने, युवासँग सांसद, महिलासँग सांसद, जनसमुदायसँग सांसदको कार्यक्रम बनाएर नियमित रूपमा मतदातासँग रहने आफ्नो प्रतिबद्धता राखेकी छन् ।