उम्मेदवार रवि लामिछानेको गाडी तोडफोड


चितवनबाट प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सहभागी रवि लामिछानेको सवारी साधनमा तोड्फोड भएको छ । आज चितवनमा चुनाव प्रचारमा प्रयोग गरिएको गाडीमा ढुंगा प्रहार भएको छ । मुग्लिङ सडक खण्डमा गाडी तोडफोड भएको चितवन प्रहरीले जनाएको छ ।

उम्मेदवार सवार गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । त्यस स्थलमा अहिले प्रहरी पुुगेर छानबीन सुरु गरिसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछाने चितवन–२ बाट निर्वाचन प्रतिस्पर्धामा छन् ।
उनी पत्रकारीता पेशा छाडेर दल निर्माण गरी निर्वाचनमा होमिएका हुुन ।