डोटीका भूकम्पपीडितलाई इन्द्रेणीको सहयोग, वाढीपीडितलाई सहयोग गर्न अछाम


डोटीको पुर्वीचौकी गाँउपालिका गैरागाउँका भूकप्पपीडितहरुलाई कृष्ण कंडेल इन्द्रेणी फाउण्डेशनले आर्थिक सहयोग गरेको छ । यही २२ गते राती २ बजेको भूकम्पमा परि घरहरु भत्कुनुका साथै स्थानीयको मृत्यु भएको भियो ।

सेवा, सन्देश र मनोरञ्जका साथ सञ्चालित इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा फाण्डेशनका अध्यक्ष कृष्ण कंडेल, सामाजिक गायिका कृष्ण बजगाई र प्राविधिक प्रमुख दिपक घिमिरे दुई दिनको यात्रापछि विकट डोटीको गैरागाँउमा पुगेर आर्थिक सहयोग हस्तान्तरण गरेका हुन । भुकम्प पछिको वास्तविक अवस्थाका साथै स्थलगत रिपोटिङ गरी सहयोग हस्तान्तरण गरेका हुन । कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत पुर्ण रुपमा क्षति भएका २६ घर परिवारलाई ६ लाख १५ हजार रुपैयाँ स्थानिय तहका जनप्रतिनिधिहरुको सहभागितामा हस्तान्तरण गरिएको अध्यक्ष कंडेलले बताएका छन् ।

पीडितहरु कै हातमा हस्तान्तरण गरिनुका साथै घर भत्केका, सुत्केरी, क्रियापुत्रीलगायतलाई सहयोग गरिएको हो । यस स्थानमा अहिलेसम्म सरकारी स्तरबाट मानिसहरुको अस्थायी पुनवार्सको कुनै ठोस पहल हुन नस्कदाँ चिसोमा सामान्य रुपमा बस्न बाध्य भएका छन् । जसका कारण बृद्धा, महिला, विरामी तथा बालबालिकाहरुमा थप समस्या भएको स्थानीयवासीहरुको भनाई छ ।

स्वदेश तथा विदेशमा रहेका विभिन्न सहयोगी मनहरुबाट प्राप्त रकम इन्द्रेणीमार्फत डोटीमा भुकम्प पीडितपरिवार सहयोग गरेको हो । घर भत्किँदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको भएको थियो भने केही मानिस घाइते भएका थिए । आजै सामाजिक अभियान्त तथा कसैको पनि दुःखमा तत्कालै सहयोग गर्न पुग्ने कंडेल अछाममा वाढी पीडितहरुलाई सहयोग गर्ने जाने कार्यक्रम तय भएको छ । यदि कसलै विभिन्न पीडित तथा असहाय, रोगीहरुलाई सहयोग गर्न चाहेमा यसरी जोडिन सकिने छ । -यमन पौड्याल\दिपक घिमिरे

खातावाला को नाम :– कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन

खाता नम्बर :– १४३०१००००२८०९००१
बैंक को नाम :– राष्ट्रिय बाणिज्य बैंक
शाखा :–थापाथली काठमाडौ
शाखा कोड :–१४३
स्विफ्ट कोड :- RBBNPKA
इमेल :-indrenifoundation@gmail.com
सहयोग पठाइसकेपछि ९८४१४८९८३५ मार्फत फोन अथवा ःभककबनभ गरेर जानकारी गराउनु सकिने छ ।