काठमाडौंको मतगणना स्थल


काठमाडौंमा आजै मतगणना हुँदै छ । मतदानस्थलबाट मतपेटिका संकलन गरी गणनास्थलतर्फ लगिएको छ । आइतबार साँझ ५ बजे मतदान सकिएपछि काठमाडौंका मतदानस्थलबाट मतपेटिकाहरू गणनास्थलमा जम्मा गरिएको हो ।

सर्वदलीय बैठक बसेर आजै मतगणना गरिने जनाइएको छ । निर्वाचन आयोगले पनि काठमाडौँ उपत्यका लगायत केही जिल्लामा आजै मतगणना सुरु गर्ने जनाएको छ । काठमाडौंमा १० ठाउँमा मतगणना हुँदैछ ।

काठमाडौंका मतगणना स्थलहरू

काठमाडौं १ को-अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा,

क्षेत्र नं २ को -गेश्वरी मनोहरा नगरपालिकाको थलीस्थित राधाकृष्ण मन्दिरमा,

क्षेत्र नं ३ को-गोकर्णेश्वर नगरपालिकाको जोरपाटीस्थित चामुण्डा विद्यालयमा,

क्षेत्र नं। ४ को-बूढानीलकण्ठ नगरपालिकाको चपलीस्थित ज्येष्ठ नागरिक भवनमा,

क्षेत्र नं।५ को-टोखा नगरपालिकाको श्रीसमाज भवनमा,

क्षेत्र नं।६ को-तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा,

क्षेत्र नं।७ को- बालाजुस्थित जुडो हलमा,

क्षेत्र नं।८ को-स्वयम्भूस्थित गीतामाता विद्यालयमा,

क्षेत्र नं।९ को- रविभवनस्थित न्याथम कलेजमा,

काठमाडौं।१० को -कीर्तिपुरस्थित त्रिवि स्मृति भवनमा