बैतडीको पाटनमा प्रहरी सवार जीप दुर्घटना


बैतडीको पाटनमा प्रहरी सवार जिप दुर्घटना भएको छ । पाटन नगरपालिकाको थुम भन्ने स्थानमा आज बिहान साढे ६ बजेतिर जिप दुर्घटना भएको हो । मतपेटिका पुर्‍याएर फर्किंदै गरेको जिप दुर्घटना भएको स्थानीयले बताएका छन ।

जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । उक्त जिपमा १२ जना सवार थिए । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । सो स्थानमा अहिले थप सुरक्षाकर्मी परिचालित भएको प्रहरीले जनाएको छ ।