लभ्ली पारको भाग २ पासर्पोट हातैमा गितको छायाङकन


लभ्ली पारको भाग १ को अपार सफलता पछि गायक तथा सर्जक युवराज चौलागाईले लभ्ली पारको भाग २ पासर्पोट हातैमा बोलको म्यूजिक भिडियोको छायाङकन सकेका छन् । काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नम्बर १३ का लगायत विभिन्न स्थानमा छायाङकन गरिको गायक चौलागाईले बताएका छन् ।

लयशब्द तथा अभिनय चौलागाई कै रहेको यस गीतमा अञ्जली अधिकारीले समेत अभिनय गरेकी छन् । गायीका शान्ति श्री परियारले स्वर दिएकी छन् । गीतको मुख्य अभिनयको भूमिकामा इन्द्रेणीका कार्यक्रम सञ्चालक कृष्ण कंडेल र व्यवस्थापक प्रतिमा कंडेल ग्रामिण र पारिवारीक परिवेशको मुख भूमिकामा अभिनय गरेका छन् ।

इन्द्रेणीका बाल कलाकार आयुषा गौतम, रविना बस्याल र मिलन टमाटा रहेका छन् । अन्य सहायक अभिनयमा दिपक घिमिरे, सुरेन्द्र भुजेल थापा लगायतका छन् । छायाङकन थापाको घर रहेको फलफूल बगैचा, कोदो र तोरी बारी लगायतका स्थानमा छायाङकन गरिएको हो । यस गीतले युवा पुस्ता विदेश पलायन हुदाँ घरमा बुढा बा आमा श्रीमती र छोराछोरीले भोग्नुपरेको समस्यालाई गीतको माध्यम मार्फत सन्देश दिन खोजिएको छ ।
म्युजिक भिडियो इन्द्रेणी युटुव च्यानलमा हेर्न सकिने छ ।