काठमाडौं –८ को प्रदेश क मा लौरो विजयी


काठमाडौं क्षेत्र नम्बर ८ अन्तर्गत प्रदेशसभा ९क० बाट हाम्रो नेपाली पार्टीले खाता खोलेको छ । यो क्षेत्रको सम्पन्न मत गणनाअनुसार हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य निर्वाचित भइसकेका छन् ।
यद्यपि निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी नै छ ।

 

निर्वाचन अधिकृत दीपक धितालका अनुसार बज्राचार्यले ५ हजार ४६२ मत ल्याएका छन् भने नेकपा एमालेका राजेश शाक्यले ३७११ मतमात्र ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका राजुराज जोशी ३६७० मतसहित तेस्रो स्थानमा छन् ।