गुल्मीको ठुलोलुम्पेकमा जिप दुर्घटना, पाँच जनाको मृत्यु 


गुल्मीको सत्यवति गाउँपालिका वडा नम्बर ३ मा जिप दुर्घटना हुँदा पाँच  जनाको ज्यान गएको छ । ठुलोलुम्पेकदेखि स्थानीय कुढडाडा जाँदै गरेको लु ३ च ५३४० जिप गयराती दुर्घटनामा परेको हो ।

दुर्घटनामा जिपधनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी ४७ वर्षका रन बहादुर सिजापति , २५ वर्षका मिलन तरामु र ४३ वर्षकी जमुना सोमैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिए ।

दुर्घटनामा ३३ वर्षीय कार्बोलिन सोमै,  ३२ वर्षीय चेतमान सिङजाली, ४९ वर्षीय गिर बहादुर राहादी र खन्डन सोमै घाइते भएका छन। उनीहरुको पाल्पामा उपचार भइरहेको छ ।