सिन्धुलीमा माओवादीका राजन दाहाल विजयी


नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोलेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल २७ हजार ५१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

 

एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित भएका हुन् । थापाले २१६८७ मत ल्याएका छन् ।