रुकुम पूर्वमा माओवादीका पूर्णबहादुर घर्तीमगर विजयी


रुकुम पूर्वबाट माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । घर्तीमगर ७ हजार ५१ मतान्तरले विजयी भएका हुन् ।

उनले १२ हजार २६२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कैलाशकुमार मल्लले ५ हजार २११ मत पाए ।

 

यसअघि घर्तीमगर लुम्बिनी प्रदेशसभाको सभामुख थिए । प्रदेशसभा १ मा नेकपा माओवादी केन्द्रबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका सुरुल पुनमगर विजयी भएका छन् । यो क्षेत्रमा यसअघि कमला रोक्का विजयी भएकी थिइन ।