बाग्लुङ १ बाट चित्रबहादुर केसी विजयी


बाग्लुङ क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार समेत रहेका केसीले २१ हजार ४५१ मत ल्याएर विजयी भएका छन् भने एमालेका सूर्यप्रसाद पाठक १८ हजार ८२५ मत ल्याएर पराजित भएका हुन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९ हजार १८१ मत ल्याएर तेस्रो भएका छन् । यस्तै प्रदेश सभा १ बाट दीपेन्द्रबहादुर थापा २ बाट डिल्लीराम सुवेदी निर्वाचित भएका छन् । बागलुङ २ मा सत्ता गठबनधनका उम्मेदवार माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलको विजयपनि निश्चित जस्तै भएको छ ।