स्वर्गीय रविन्द्र अधिकारीकी पत्नी विद्या कास्की २ मा पुनः विजयी


कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराई १६ हजार नौ सय ९८ मतसहित पुनः निर्वाचित भएकी छिन् ।

 

उनका निकतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार चार सय ९५ मत प्राप्त गरे । भट्टराईले चार हजार पाँच सय तीन मतान्तरले जितलाई आफ्नो पक्षमा पारेकी हुन् ।

यसैगरी गठबन्धनका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का श्रीनाथ बरालले भने नौ हजार छ सय ५९ मत प्राप्त गरेर तेस्रो स्थानमा रहे । सो क्षेत्रमा ७९ हजार एक सय मतदाता रहेकामा ४९ हजार नौ सय २० मत खसेको थियो । उनी स्वर्गीय युवा नेता रविन्द्र अधिकारीकी श्रीमती हुन । अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो ।