पर्वतबाट प्रतिनिधिसभामा एमालेका पदम गिरी पुनः विजयी


पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका युवा उम्‍मेदवार पदम गिरी पुनः विजयी भएका छन् ।

निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित पारर्दै गिरी निर्वाचित भएका हुन् ।

एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याए । गिरीले जोशीलाई दोस्रो पटक पराजित गरेका हुन ।