बहालवाला मन्त्री पराजित गर्दै विजयी डा. तोसिमा कार्की


राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की ललितपुर क्षेत्र नं .३ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी छन् ।

नेकपा एमालेका अमृत भट्टराई र बहालवाला ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री तथा नेकपा माओवादी केन्द्रकी पम्फा भुसाललाई भारी मतले पछि पार्दै तोसिमा विजयी भएकी हुन् ।

 

बिहीबार बिहान सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार तोसिमाले ३१ हजार १३६ मत पाएकी छन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमृत खड्काले १२ हजार ९६३ मत पाए । ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उपमहासचिव पम्फा भुसालले ८ हजार ७६९ मत मात्र पाइन् ।

यसअघि २०७४ को निर्वाचनमा भुसालले यही क्षेत्रबाट चुनाव जितेकी थिइन् । यो क्षेत्र कम्युनिष्टको लाल किल्ला मानिन्छ ।