समानुपातिक तर्फ कुन दलको कति मत ?


यही मंसिर ४ मा भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रत्यक्ष तर्फको नतिजा सार्वजनिक हुने क्रम जारी छ। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीसँगै निर्वाचन आयोगले समानुपातिकतर्फ कुन दलले कति मत ल्याए भन्ने तथ्यांक पनि सार्वजनिक गरिरहेको छ।

आज बिहीबार बिहानसम्मको परिणामअनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले आफ्नो अग्रता कायमै राखेको छ। आयोगका अनुसार अहिलेसम्म एमालेले ४ लाख ७० हजार ३ सय ५२ समानुपातिक मत ल्याएको छ। दोस्रोमा नेपाली कांग्रेसले ४ लाख ३३ हजार ५ सय २८ मत ल्याएको छ भने २ लाख ४२ हजार ८ सय ५० मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ।

यस्तै चौथो स्थानमा नेकपा माओवादी केन्द्रले अहिलेसम्म २ लाख २ हजार ५५ समानुपातिक मत ल्याएको छ। यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी १ लाख २७ हजार ४ सय ५६ मतका साथ पाँचौं स्थानमा छ।

अन्य दलको समानुपातिक मत प्राप्त गरेको मत :
जनता समाजवादी पार्टी, नेपाल
५८४६८

नेपाल मजदुर किसान पार्टी
४४९४०

नागरिक उन्मुक्ति पार्टी
३२२६४

जनमत पार्टी
३००४९

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी
२९१७८

अन्य
१०२३२२