रौतहटका स्वतन्त्र उम्मेदवार प्रभु साह जीत नजिक


रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रभु साह भारी मतका साथ जीत नजिक रहेका छन् । कल छापबाट चुनाव लडेका विकासप्रेमी युवा नेता साहले १८०८८ मत ल्याई अग्रस्थानमा छन् । उनलाई महागठबन्धन (नेकपा एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी)का साझा स्वतन्त्र उम्मेदवार ओमप्रकाश जयसवाल १४२७५ मतका साथ दोस्रो स्थानमा छन् ।

यता सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका रविन्द्र पटेलले ५ हजार ४ सय ८५ मत प्राप्त गरेका छन् । यता रौतहट क्षेत्र न ३ क बाट साह पक्षका स्वतन्त्र उम्मेदवार प्रदेश सभा स्दस्यमा केशव राय चौधरी विजयी भएका छन् । केशव रायले १२ हजार २ सय ५५ ल्याउदा जनता समाजवादी पार्टी, नेपालकी पुजा चौधरीले १० हजार १ सय ३२ मत सहित पराजित भएकी हुन ।