पर्वतमा जे देखियो : पराजित उम्मेदवारले विजयीलाई बधाई


पर्वतबाट प्रतिनिधि सभा सदस्यमा बिजयी उम्मेदवार पदम गिरी र प्रदेस सभा सदस्यमा निर्वाचित नेता भक्त कुवर र प्रदेस ख मा बिजयी मित्रलाल बस्याललाई प्रदेस सभा सदस्यका उपबिजेता पूर्व सांसद ऋषिकेश तिवारीले मतगणना स्थलबाटै दोसल्ला ओढाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

तीनै जना नेकपा एमालेबाट विजयी भएका हुन । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रतिनिधि सभामा गिरीले नेपाली काँग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई २ हजार २ सय ६३ मतान्तरले पराजित गरेका छन् । गिरीले २९ हजार ८ सय ७२ मत प्राप्त गर्दा जोशीले २७ हजार ६ सय ९ मत गरे ।

प्रदेश १ मा नेकपा एमालेका भक्त कुँवरले नेकपा माओबादी केन्द्रका उम्मेदवार सुदीप कुँवरलाई पराजित गराए । भक्त कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओबादी केन्द्रका उम्मेदवार सुदीप कुँवरले १३ हजार ७ सय ४२ मत प्राप्त गरे । २ हजार ३ सय ३९ मतको अन्तर रहेको हो ।

प्रदेशसभा २ मा नेकपा एमालेका उम्मेदवार मित्रलाल बस्यालले १४ हजार १ सय ३२ मत ल्याई विजयी हुँदा नेपाली काँग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले १२ हजार २ सय १० मत प्राप्त गरेका छन् । तिवारी र बस्यालबीच १ हजार ९ सय २२ मतको अन्तर भएको छ । जिल्लाका ६१ वडामा ६६ हजार २ सय २६ मत खसेको थियो । नेपाली कांग्रेसको गुटगत स्वाथका कारण राम्रा उम्मेदवार समेत पराजित भएको टिप्पणी हुन थालेको छ ।