अर्थमन्त्री शर्मा रुकुम पश्चिमबाट विजयी


रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अर्थमन्त्री जनार्दन शर्माले आफ्नो जितलाई अग्रगामी जनताको जितका रूपमा लिएका छन् । निर्वाचित भएपछि मतदाता र सम्पूर्णमा धन्यवाद दिँदै उनले निर्वाचनमा आफूले गरेका प्रतिबद्धतालाई आम जनसमुदाय र पार्टी समेतको सहकार्यमा कार्यान्वयन गर्ने जनाएका छन् ।

 

नेकपा माओवादी केन्द्रका नेता अर्थमन्त्री शर्माले उत्पादन, रोजगार, समृद्धि, सामाजिक, सांस्कृतिक रुपान्तरण अभियानमार्फत रुकुम जिल्लालाई समृद्ध र समुन्नत बनाउन साझा प्रयास हुने बताएका छन् । यसका साथै रुकुमेली जनताको अपेक्षाका साथै राष्ट्रिय आवश्यकता र कार्यभार पूरा गर्न इमानदारीपूर्वक प्रयास गर्ने उनले उल्लेख गरेका छन् ।

निर्वाचनमा अमूल्य दिने मतदाता, पार्टी, निर्वाचन सम्पन्न गर्न नेतृत्वदायी भूमिका खेल्ने प्रमुख निर्वाचन अधिकृत, प्रशासन, सुरक्षा प्रमुखसहित समस्त राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मी, देश–विदेशमा रहने शुभचिन्तकलाई उनले धन्यवाद तथा आभार प्रकट गरेका हुन् । यसका साथै प्रतिस्पर्धामा सहभागी विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारका साथै गठबन्धन नेता–कार्यकर्ता सबैलाई धन्यवाद दिएका छन् ।
जनार्दन शर्माले ३९ हजार ५४९ मत ल्याईका हुन भने एमालेका उम्मेदवार नन्दराम देवकोटाले १२ हजार ९६१ मत प्राीत गरि पराजित भएका हुन ।