रौटहट ३ बाट प्रभु साह विजयी, आफ्नो जित नै सम्पूर्ण जनताको जीत


रौतहट क्षेत्र नम्बर(३ बाट प्रतिनिधिसभा सदस्‍यमा स्वतन्त्र उम्मेदवार प्रभु साह निर्वाचित भएका छन् । साहले स्वतन्त्र उम्‍मेदवार ओमप्रकाश जयसवाललाई ७ हजार २३७ मतान्तरले पछि पादै निर्वाचित भएका हुन् ।

साहले ३२ हजार ४३७ मत पाउँदा उनका प्रतिस्पर्धी जयसवालले २५ हजार २०० मत प्राप्त गरे । यस्तै माओवादी केन्द्रका उम्‍मेदवार रविन्द्र पटेलले ३ हजार ६५८ मत पाए ।
लगातार रुपमा २०६४ साल देखि निर्वाचित हुदै आएका साहले नतिजा हात पार्नुमा जनतासंगै जोडिएर विकासका काममा साथ दिनु हो । साहको क्षेत्रमा आधुनिक प्राविधिक शिक्षा, सडक र भौतिक पूर्वाधारको उचित व्यवस्था, सूचना प्रविधि स्वास्थ्यमा भएको आमुल परिवर्तन, कृषि र सिंचाईमा भएका विकासले गर्दा यस क्षेत्रका नागरिक समृद्धिको यात्रामा अघि बढेको भन्दै उनलाई सदैव साथ दिने गरेका छन् ।

विजयी भएसंगै प्रभु साहले के भने ?
सर्वप्रथम, आजको यस ऐतिहासिक घडीमा यस क्षेत्रमा मैलें विगतदेखि गर्दै आएको कामकारवाही, जनसेवा र सहयोगको उचित मुल्याङ्कनका साथ अनुमोदन गर्दै रौतहट क्षेत्र नम्बर ३ बाट नै लगातार चौथो पटक प्रत्यक्ष सांसदको रुपमा निर्वाचित गराउनुहुने तपाई सम्पूर्ण महान मतदाताहरुलाई हृदयदेखि नमन गर्न चाहन्छु ।
आजको यो जीत केवल मेरो वा अन्य कुनै अमुक व्यक्तिको जीत मात्र नभई सम्पूर्ण जनताको जीत हो, यो परिवर्तनको जीत हो र यस जीतले रौतहटको पहिचान, सम्मान र श्रेष्ठतालाई अझ माथि पुर्याउने छ । यतिबेला देश परिवर्तनको पर्खाईमा छ । गौरवशाली विरासत बोकेको रौतहट जिल्लाले आज पुनः एकपटक ऐतिहासिक जनादेश दिदै परिवर्तनको लडाईमा आफ्नो उत्साहबर्द्धक सहभागिता जनाएको छ।
तसर्थ, यस पूनीत महाअभियानमा प्रत्यक्ष एवं परोक्ष रुपमा सक्रिय साथ, सहयोग र सहभागिता जनाउनु हुने तपाई सम्पूर्ण आदरणीय महानुभावहरुप्रति एकमुष्ट हार्दिक आभार सहित सहर्ष हार्दिक बधाई भाव अभिव्यक्त गर्दछु ।