काभ्रे–२ बाट एमालेका गोकुल बास्कोटा विजयी


काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेका गोकुलप्रसाद बास्कोटा विजयी भएका छन् ।

बास्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग ५ हजार ८ सय ६३ मतान्तरले विजयी भएका हुन् । मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गरेछ भने हुमागाईंले ३९ हजार ४ सय ८२ मत प्राप्त गरे।

यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५ सय ८६ मत प्राप्त गरे । यो क्षेत्रमा १६ जना प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए । यस क्षेत्रमा १ लाख ३ हजार ३ सय ९१ ले मतदान गरेको थिए । बास्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा निर्वाचित भएर मन्त्रीसमेत बनेका थिए ।