समानुपातिक मतमा एमाले सबैभन्दा अघि, घण्टीलाई पछ्याउँदै हँसिया हथौडा


प्रतिनिधिसभा समानुपातिकतर्फ नेकपा एमालेले आफ्नो अग्रता कायमै राखेको छ। आज बिहान ७ः१५ बजेसम्मको तथ्यांकअनुसार एमालेले १७ लाख ३० हजार ८ सय ९३ समानुपातिक मत ल्याएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले यो खबर तयार पार्दासम्म १६ लाख ६५ हजार ४ सय १३ समानुपातिक मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

आयोगको विवरणअनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो तेस्रो स्थान कायमै राखेको छ। उसले अहिलेसम्म ७ लाख ५५ हजार २ सय ३३ मत पाएको छ। यसैगरी चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ७ लाख ३४ हजार ९ सय ६३ समानुपातिक मत ल्याएको छ। पाँचौं स्थानमा रहेर राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ८७ हजार ८ सय ८९ समानुपातिक मत ल्याएको छ।

दलको मत

नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी
१७३०८९३

नेपाली कांग्रेस

१६६५४१३
राष्ट्रिय स्वतन्त्र पार्टी
७५५२३३

एकल चिह्न गोलाकारभित्र हँसिया हथौडा नेकपा माओवादी केन्द्र\नेपाल समाजवादी पार्टी
७३४९६३

राष्ट्रिय प्रजातन्त्र पार्टी
३८७८८९

जनता समाजवादी पार्टी, नेपाल
२०६६८९

नेकपा एकीकृत समाजवादी
१५२०८५

नागरिक उन्मुक्ति पार्टी
१३७०५१

जनमत पार्टी
१३४५०३

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
८१४११

नेपाल मजदुर किसान पार्टी
६०४८७

हाम्रो नेपाली पार्टी
४०३४४

राष्ट्रिय जनमोर्चा
३७३१८