समानुपातिकमा कसको मत कति ?


प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकमा १ करोड २ लाख २२ हजार २२२ मत गणना भएको छ । बिहीबार बिहान ८ः५५ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेले २७ लाख २८ हजार ३०५ मत ल्याएर पहिलो स्थान ल्याएर पहिलो दलको रुपमा समानुपातिक तर्फ स्थापित भएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ९६ हजार ४२३ मत पाएको छ। तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रको ११ लाख ५४ हजार ५९१ मत छ प्राप्त गरेको छ । यता चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ६ हजार ९१ मत प्राप्त गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८० हजार ४३४ मतसहित पाँचौँ स्थानमा छ भने छैटौँ स्थानमा रहेको जनता समाजवादी पार्टीको ४ लाख १२ हजार ८५८ मत छ।

यस्तै, जनमत पार्टीले ३ लाख ८१ हजार ४२४ मत पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले २ लाख ९२ हजार १५८ मत पाप्त गरि राष्ट्रिय पार्टीका रुपमा संर्घय गरिरहेको छ ।