विद्युत् प्राधिकरणको नाफा तीन महिनामै साढे ८ अर्ब


नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७९\८० को पहिलो तीन महिनामा साढे ८ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ । साउन, भदौ र असोजसम्मको वित्तीय विवरणअनुसार प्राधिकरणले विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । सो अवधिमा २४ अर्ब ४८ करोड खर्च गरी प्राधिकरणले ८ अर्ब ५० करोड रुपैयाँ ९करअघि० खुद नाफा कमाउन सफल भएको हो ।

सरकारी स्वामित्वका कम्पनीमध्ये प्राधिकरणको यो नाफा सबैभन्दा धेरै हो । प्राधिकरणले यस अवधिमा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत् खरिद गरेको छ । आफ्नो स्वामित्वमा रहेका विद्युत् गृहरुबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत् देशभित्र बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको छ । देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी आवको पहिलो तीन महिनामा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ ।

आर्थिक वर्ष २०७२\७३ मा ८ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुमा निरन्तर नाफामा छ । २०७६र७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुगेको प्राधिकरणको नाफा आव २०७७र७८मा घटेर ६ अर्ब ९ करोडमा सीमित भएको थियो । गत आव २०७८र७९मा प्राधिकरणले नाफालाई बढाएर १६ अर्ब १६ करोड रुपैयाँ पुर्‍याएको थियो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक रुपमा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा वृद्धि भएको र खर्च समेत नियन्त्रण गरिँदा उल्लेख्य नाफा कमाउन प्राधिकरण सफल भएको बताए । घिसिङले नाफाबाट प्राप्त रकमलाई विद्युत् खपत बढाउन, उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराउन, प्रसारण र वितरणतर्फको पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिएको उल्लेख गरे ।

उनले भने ‘आगामी दिनमा विद्युत् खपत बढाउन, उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि ४र५ वर्षभित्रमा ३र४ खर्ब रुपैयाँ लगानी गर्नु पर्ने छ, नेपाल सरकारसँग स्रोतको सीमितताका कारण पर्याप्त बजेट पाउन सक्ने अवस्था छैन, त्यसैले हरेक वर्षको नाफाबाट उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिरहेका छौं ।’