विजयी सांसद गिरीले पर्वतको विकासका लागि काम सुरु


पर्वत जिल्लाबाट दोस्रो कार्यकालका लागि निर्वाचित एमाले युवा सांसद पदम गिरीले अल्पत्र परेका पूर्वाधार विकासका बारेमा विजयी भए लगतै चासो दिई छलफलमा व्यस्त भएका छन् । सडक विभाग अन्तर्गत ठेक्का लगाइएका तर विभिन्न बहानामा काम अलपत्र पारिएका परियोजनाहरुमा बारेमा सरोबारवाला निकार्यसंग छलफलमा जुटेका हुन ।

सांसद गिरी जिवय भई सबै मतदातालाई शुभकामना सभा सकि राजधानी आएर अधुरा कामको बारेमा पुनः छलफल र भेटघाट थालेका हुन । उनले मालढुङ्गा वेनी सडक, लमाएखोला अर्मादी सडक, जैमिनिघाट मोटरेबल पुल, लमाएखोला मोटरेबल पुल, भुरुङ्दी खोला पुलको निर्माण कार्यमा ढिलार्इ गरिएकोमा बारेमा चासो दिएका हुन । सडक विभागको कार्यालय पुल्चोकमा पुगि सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, आयोजना प्रमुख, सम्बन्धित इन्जिनियरहरुलाई भेटी काम हुन किन सकेन भन्दै गम्भीरतापूर्वक ध्यानाकर्षण गराएका हुन ।

भेटमा महानिदेशक थापाले मालढुङ्गा वेनी सडकको काम तत्कालै अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । अन्य आयोजनाको काम अगाडि बढाउन आवश्यक निर्णय लिने प्रतिबद्धता व्यक्त गर्दै सम्बन्धीत निकार्यलाई निर्देशन दिने बताएका हुन ।
त्यस्तै करिडोर अन्तर्गत लुवा खोला र बाच्छा खोलामा पुल निर्माणका लागि तत्काल डिपिआर तयार गरि ठेक्का प्रक्रियामा लैजाने, दोबिल्लामा मोटरेबल पुल निर्माणका लागि डिपिआर तयार गर्ने र ठेक्का प्रक्रियामा लैजाने, वेनी बगरफाँँटमा तत्काल बेलिवृज राख्ने र सो स्थानमा पक्की मोटरेबल पुलका लागि प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सांसद गिरीले आफुले प्रतिबद्धता गरेका कामको कार्यान्वयन गराउन निरन्तर खवरदारी गर्ने बताएका छन् ।

जिल्लावासी सम्पुर्ण महानुभावहरुको रचनात्मक सहयोग अपेक्षा गर्दै आफ्नो स्थानमा भएका विकास निर्माण, बजेट परेर पनि काम हुन नसक्नुका कारण तथा ढिला सुस्ती, काम भएका स्थानमा गुणस्तरियताको ख्याल स्थानीय उपभोक्तले नै मुख्य रुपमा चनाखो हुनुपर्ने भन्दै सरोकारवाला निकायलाई निरन्तर सहयोग र खवरदारी गरेमा मात्र विकासले मुर्त रुप लिने बताएका छन् ।

गिरीले नेपलाी कांग्रेसका उम्मेदवार अर्जुन प्रसाद जोशीलाई दोस्रो पटक भारी मतका सात पराजित गरेका हुन । गिरी माथि साविक क्षेत्र नम्बर २ को भूगोललाई उचित प्राथमिकतामा राखेर विकास निर्माणमा ध्यान दिन नसक्ने स्थानीयको आरोप लाग्ने गर्दछ ।